राजपासँगको तीन दलको बैठक निस्कर्षविहीन, बैठक फेरि भाेली बिहान बस्ने

काठमाडौं, ३१ जेठ – प्रमुख तीन दलका शीर्ष नेताहरु र राजपाका नेताहरु सम्मिलित बैठक निस्कर्षबिहीन भएको छ । बुधबार साँझ सिंहदरबारमा बसेको बैठक कुनै पनि निस्कर्ष नपुगी टुंगिएको हो ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले एमालेलाई संविधान संशोधनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर एमालेले संविधान संशोधनका लागि सहयोग गर्न अस्वीकार गरेपछि बैठक निस्कर्षमा पुग्न सकेन । बैठकमा चुनाव सारेर भए पनि राजपालार्इ सहभागी गराउने कुरामा एमालेले असहमति राखेकाे थियाे । बैठकमा सहभागी राजपाका नेताहरुले संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने अडान दोहोर्याएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै निर्वाचन गराउने प्रतिबध्दता व्यक्त गरेकाे एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा राजपाका शीर्ष नेताहरु सहभागी भएका थिए ।

त्यस्तै बैठकमा दाेस्राे तहका नेताहरू पनि सहभागी भएका थिए । बैठक फेरि बिहीबार बिहान १० बजे बस्ने भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार