काठमाडौं, १ असार – स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन् ।
संविधान संशोधनसहितका विषय र जनसंख्याका आधारमा स्थानीय तहको संख्या नबढाएसम्म निर्वाचनमा भाग नलिने राजपाको अडानपछि प्रमुख दलहरु असार १४ गतेका लागि तोकिएको निर्वाचनका विषयमा बिहीबारमात्र निष्कर्षमा पुग्ने भएका हुन् । – नागरिक दैनिक