राजपासंग अन्तिम वार्ता गर्दै प्रमुख तिन दल, के हाेला सहमती !

काठमाडौं, १ असार – निर्वाचन विथोल्ने गरि आन्दोलन गर्ने घोषणा गरेको मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा) लाई सहमतीमा ल्याउन सरकार र प्रमुख दलले अन्तिम कसरत सुरु गरेका छन् । उम्मेदवारीको मनोनय दर्ता गराउने ठिक अघिल्लो दिन बिहीबार प्रमुख दलहरुले राजपासंग निर्णायक वार्ता गर्न लागेका हुन् ।

बिहीबारको बैठकबाट राजापा चुनावमा सहभागी हुने वा नहुने भन्ने विषयमा अन्तिम टुङ्गो लाग्ने नेताहरुले बताएका छन् । स्थानीय तहको संख्या थप गर्नुपर्ने मागमा अडिग रहेको राजपालाई अन्तिम समयमा चुनावमा सहभागी गराउने सम्भावना अति झिनो रहेको ठूला दलका नेताहरुको अनुमान छ ।

तुलनात्मक रुपमा राजपाको प्रभाव रहेको मानिएको प्रदेश नम्बर २ र ५ मा चुनाव सार्नका लागि राजपा सारिएको मितिमा पनि चुनावमा आउने कुनै ग्यारेन्टी नभएकाले यसको प्रतिवद्धताबारे पनि बैठकमा छलफल हुनेछ ।

यसअघिका छलफलहरुमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाले लिखित प्रतिवद्धता गरे दुबै प्रदेशको चुनाव केही दिन सार्न सकिने विकल्पका बारेमा कुरा राखेका थिए । प्रधानमन्त्री देउवालाई पार्टीभित्रैका प्रदेश नम्बर २ र ५ का नेताहरुले वातावरण विग्रदै गएकाले चुनाव सार्नु पर्ने सुझाव पनि दिएका छन् । तर, उनलाई सरकार गठबन्धनका दल र विपक्षी दलले जसरी पनि निर्वाचन तोकिएकै समयमा गर्नु पर्ने भन्दै दवाव दिएका छन्।

दलहरुबीच बिहीबारको बैठकमा सहमती नभए असार १४ को चुनावमा अन्योलमा पर्ने निश्चित छ । सहमती नभए सरकारसंग पेलेर चुनाव गर्ने वा मिति सार्ने विकल्प मात्रै बाँकी रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार