http://jagdambacement.com/

एसईईको नतिजा सार्वजनिक, घर बसी–बसी यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, २ असार  – माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी सामेल थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।

नतिजा हेर्नका लागि टेलिफोनबाट १६०० मा डायल गर्न सकिने छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा सार्वजनिक गरिएको छ ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.np मा हेर्न सकिनेछ ।

त्यस्तै www.neb.gov.np, www.doe.gov.np  मा पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार