दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने राजपाको निर्णय, आन्दोलनलाई निरन्तरता

काठमाडौं, २  असार – राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सहभागी नहुने भएको छ । सो पार्टीको शुक्रबार राजधानीमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने र आन्दोलनका कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको हो ।

असार ४ गते उम्मेदवारी मनोनयनका दिन तराई–मधेसका जिल्लाहरुमा बन्द गर्ने कार्यक्रमसमेत बैठकले तय गरेको जनाइएको छ ।सरकारले राजपालाई चुनावमा सहभागी गराउने भन्दै दुईपटक निर्वाचन सारिसकेको छ भने प्रदेश नम्बर–२ को निर्वाचन नै स्थगित गरी असोज २ गते पु¥याएको छ ।

उनीहरुलाई निर्वाचनमा सहभागी गराउन भन्दै शुक्रबार (आज) हुनुपर्ने उम्मेदवारको मनोनय पनि ४ गते पुर्‍याएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार