काठमाण्डौ, ३ असार – नेपाल आयल निगम लिमिटेडको आधिकारीक ट्रेड यूनियन नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनको दोश्रो महाधिवेशन शु्क्रबार देखी सुरु भएको छ ।
महाधिवेशन सभापतित्व यूनियनका अध्यक्ष प्रदिपमान बसी रहेको कार्यक्रममा प्रमुख आतिथ्यतामा नेपाली कााग्रेसका युवा नेता नविन्द्र राज जोशीले दिप प्रज्वलन गरी शुभराम्भ गर्दै उनले भने हरेक तह र तप्कामा रहेका सच्चा लोकतन्त्रवादी ट्रेड यूनियनकर्मीले इमान्दारीताका साथ राष्ट्रको सेवालाई नै सर्वोपरी थान्दै कार्य गरेमा राष्ट्रको उत्थान हुने र नेपाली कााग्रेसले लिएको राष्ट्रीय विकाशको योजनामा मद्दत पुग्ने धारणा राख्दै उनले भने ‘यूनियनको नारा पेशागत इमान्दारीता, कर्मचारी एकता, संस्थागत प्रभावकारीता भन्ने नारालाई व्यवहारिक रुपमा उतार्न सकेमा संस्थाको उन्नती प्रगति हुने विश्वास रहेको बताए ।
यसैगरी यूनियनका सह अध्यक्ष विकाश वखतीले राष्ट्रको नै महत्वकाक्षी योजनाको रुपमा रहेका पेट्रोलियम पाइपलाईन परियोजना तथा राष्ट्रका लागि ९० दिनको माग धान्न सक्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने योजनालाई सफलीभूत पार्न सम्वद्ध सवै पक्षको गंम्भीरताका साथ लाग्नु पर्ने तथा निगमका कर्मचारीहरु पनि सो परियोजना सफल पार्नका लागि पर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रमा विषेश अतिथी नेपाल ट्रेड यूनियन काग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुवर, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका महासचिव विक्रम वावु राई, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व प्रसाद अर्याल, एल.पि. ग्याास उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरे, नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष देवी प्रसाद न्यौपाने, र नेपाल राष्ट्रिय कर्मचारी संगठन ने.आ.नि.लि. का कोषाध्यक्ष वावुराम भुलले यूनियनको ऐतिहासिक दोश्रो महाधिवेशनको पूर्ण सफलताको कामना व्यक्त गरेका थिए ।
शनिबार हुने महाधिवेशनको वन्द शत्र निगमको सभा कक्षमा संचालन हुने कार्यक्रममा पूर्वमा झापा देखि पश्चिमको धनगढी सम्म रहेका कार्यालयहरुवाट प्रतिनिधि तथा प्रर्यवक्षणहरु गरी १०७ जना सहभागी हुने र वन्द शत्रकै क्रममा आज नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनको नयाँ कार्य समितिको समेत चयन गर्ने युनियनका सह अध्यक्ष विकाश वखतीले जानकारी दिए । कार्यक्रमको स्वागत मन्तव्य यूनियनका उपाध्यक्ष कमला न्यौपाने गरेकी थिईन ।