परासीमा गोली चल्यो, चुनाव बिथोल्न राजपाका शीर्ष नेताहरु नवलपरासीमा

नवलपरासी, ३ असार – दोस्रो चरणको निर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन शनिबार नवलपरासीमा राजपाले निकालेको लाठी जुलससहितको सभामा प्रहरीले हस्तक्षेप गरेको छ । सरकारको आग्रह अस्वीकार गर्दै निर्वाचन भाँड्नेगरी कार्यक्रम तय गरेको राजपाले नवलपरासीको सदरमुकाम परासीमा लाठी जुलुस निकालेको थियो ।

लाठी जुलुसपछि बुद्धचोकमा आयोजित सभालाई सम्बोधन गर्न राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्य नेताहरु राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, हृदयश त्रिपाठीलगायतका नेताहरु उपस्थित भएका थिए ।

कार्यक्रममा अध्यक्ष ठाकुरले सम्बोधन गरिरहँदा राजपाका कार्यकर्ताले एमालेका चुनाव प्रचारका सामग्री जलाएपछि तनाव सुरु भएको थियो । नेताहरुकै अगाडि टिसर्टलगायतका सामग्री जलाएपछि राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरी स्थिती सामान्य बनाउने प्रयास गरेको थियो । रबरका गोली र अश्रुग्यास प्रहार भएपछि झडप रोकिए पनि अध्यक्ष ठाकुरले मन्तव्य बीचमै सकेका थिए । प्रहरीको कारबाहीमा आफ्ना केही कार्यकर्ता घाइते भएको राजपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार