राजपाको तराई बन्दका बिच प्रदेश १, ५ र ७ मा उम्मेदवारी मनोनयन दर्ता सुरु

 काठमाडौं, ४ असार –स्थानीय तहको निर्वाचन अन्तर्गतको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । प्रदेश नं १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता आइतबार बिहान ८ बजेदेखि सुरु भएको हो । मनोनयन दर्ता अपरान्ह ४ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

तीन तहका ३५ जिल्लामा उम्मेदवारी मनोनयन सुरु भएको हो । तराईका जिल्लामा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले अवरोध गर्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसअघि बैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ को निर्वाचन भएको थियो । प्रदेश नं ३ को भरतपुर महानगरपालिकाबाहेक अन्य सबै तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ ।

त्यस्तै प्रदेश नं २ को निर्वाचन भने असोज २ गते हुनेछ । दोस्रो चरणको मतदान असार १४ गते हुनेछ । निर्वाचन आयोगका अनुसार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदै छ ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् भने १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

चुनौती दिंदै राजपाः
राजपाले सरकारको रवैयालाई चुनौती दिंदै दोस्रो चरणको निर्वाचनमा पनि भाग नलिने जनाएको छ ।चुनावलाई विफल बनाउन आइतबार राजपाले तराईका जिल्लामा बन्द आब्हान गरेको छ । बन्दको असर केही स्थानमा देखिएको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार