राजधानीमै सीआईबीको नक्कली कार्यालय, ठगिए थुप्रै

काठमाडौं, ४ असार – सीआईबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आफूलाई सीआईबीका डीएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो ।उनीहरुबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको सीआईबीकी एसएसपी मीरा चौधरीले बताइन् ।

विगतमा पनि जेल परेर छुटेका शुक्रे लामा नेतृत्वको गिरोहलाई सीआईबीले पक्राउ गरेको हो । उनीहरुले विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका थिए । सञ्चार सेट र पेस्तोलसमेत बोक्ने र आफूहरु सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरुले यस्तो धन्दा चलाउँदै आएका थिए । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार