लुम्बिनी विकास कोषका अधिकृत नै काठ तस्करीमा

काठमाडौं, ४ असार- लुम्बिनी विकास कोष परिसरमा हरेक वर्ष आगो लाग्नुको रहस्य खुलेको छ ।विकास कोषमा संरक्षणको जिम्मा लिएर बसेका अधिकृतले नै काठ तस्करीका लागि आगो लगाउने गरेको रहस्य खुलेको हो ।

विकास कोषले आगजनी हुन नदिन कडा निगरानी गरे पनि बर्षौंदेखि नियन्त्रण हुन सकेको थिएन । विकास कोषका सदस्य सचिव अजितमान तामाङले सुनियोजित रुपमा आगो लगाउने गरिएको बताउँदै आए पनि व्यक्ति पक्राउ पर्न सकेका थिएनन् ।

शुक्रबार जिल्ला वन कार्यालय रुपन्देहीले विकास कोषका वनस्पति अधिकृत सबिर अहमत खाँलाई चोरी गरेको काठसहित पक्राउ गरेपछि रहस्य खुलेको हो । – अन्नपूर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार