न्यूयोर्क, ५ असार औ अमेरिकी पप गायिका केटी पेरी ट्विटरमा १० करोड फलोअर हुने पहिलो सेलिब्रेटी बनेकी छन् । सन् २००९ मा ट्विटरमा आएकी उनको हालै फलोअर संख्या १० करोड पुगेका छन् । उनले हालसम्म आठ हजार पाँचसय भन्दा बढी ट्वीट गरेकी छन् ।
केटी पेरीले भने ट्विटरमा दुई सय पाँच जनालाई फलो गरेकी छन् । उनले केही राजनीतिज्ञ, समाचार एजेन्सी र सेलिब्रेटीलाई फलो गरेकी छन् ।उनले आफ्ना सांगितिक कार्यक्रमको प्रचार तथा समर्थन जुटाउन ट्विटर प्रयोग गर्दै आएकी छन् ।
केटी पेरीपछि ट्विटरमा सबैभन्दा धेरै फलोअर हुनेमा पप गायक जस्टिन बिबर छन् । उनका फलोअर संख्या ९ करोड ६५ लाखभन्दा बढी छन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको फलोअर पनि ९ करोडभन्दा बढी छन् । (एजेन्सी)