https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

‘मोबाइल मनी’ प्रविधि भित्रियो, नगद बिनै कारोबार

काठमाडौं, ५ असार – सरकारले नगदरहित कारोबारमा आधारित ‘मोबाइल मनी’ प्रविधि छिट्टै सार्वजनिक गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा मोबाइल मनी सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको हो ।

मोबाइल मनी भनेको मोबाइल प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था हो ।

जुन नगदरहित (क्यासलेस) हुनेछ । ‘हामी साउनदेखि पूर्ण रुपमा प्रयोग हुने गरी मोबाइल मनी सार्वजनिक गर्दैछौं,’ प्राधिकरणका अध्यक्ष दिगम्वर झाले भने, ‘यसबाट नगदरहित कारोबार सुरु हुन्छ ।’

मोबाइल मनी सुरु गर्ने विषयमा प्राधिकरण र राष्ट्र बैंकका प्रतिनिधिको एक कार्यदल बनिसकेको छ । – नागरिक दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार