बाजुरामा काँग्रेस-एमाले झडप, एकको मृत्यु

काठमाडौं, ५ असार – बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका एसपी कृष्ण खड्काका अनुसार मनोनयन दर्ता गर्न जाने क्रममा यी दुई पक्षबीच भएको झडपमा एमालेका कार्यकर्ता ५० वर्षीय धनबहादुर रावतको ज्यान भएको हो ।

झडपका क्रममा घाइते भएका उनलाई उपचारका लागि सदरमुकाम ल्याइएको र चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

मनोनयन गर्न जानुपूर्व दुई पक्षबीच नै ढुंगा हानाहान चलेको थियो । जिल्लाको डोगडी भन्ने ठाउँमा भएको सो झडपमा  झण्डै एक दर्जन भन्दा बढी कार्यकर्ताहरु घाईते भएका छन् । छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा झडप भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार