आयल निगम कर्मचारी यूनियनमा बखती निरबीराेध

काठमाडौं, ५ असार – नेपाल आयल निगम लिमिटेडको आधिकारीक टेड यूनियन ”नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियन” को दोश्रो महाधिवेशन  नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री एवं सभाषद माननीय नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा  भएको थियो ।

महाधिवेशनको वन्द शत्रले बिकास बखतीको अध्यक्षतामा उपाध्यक्षा कमला न्यौपाने, महासचीव सन्दिप बराल, गोपाल नकर्मी र विर वहादुर वि.क. सहित २४ जना सदस्यरहेको नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयनगरेको छ ।

नेपाल आयल निगमको सेवालाई अझ व्यवस्थीत गर्न, नेपाल आयल निगम लि.को संस्थागत सवाल र तहाँ कार्यरत कर्मचारीहरुकोसंग सम्बन्धित विभिन्न विषयहरु समावेश गरी महाधिवेशनको बन्द शत्रबाट निति तथा कार्यक्रम पास भएको छ ।

नव निर्वाचित अध्यक्ष बखतीले राष्ट्रको नै महत्वकाक्षी योजनाको रुपमा रहेका पेट्रोलियम पाइपलाईन परियोजना तथा राष्ट्रले घोषणा गरेको ९० दिनको माग धान्न सक्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने योजनालाई सफल कार्यान्वयन भएमा त्यसबाट आम उपभोक्तामा सकारात्मक आसर रहने हुँदा यि योजना कार्यान्वयनका लागि जोड दिने निर्णय बन्द शत्रले गरेको र हाल बुढी गण्डकी जल बिधुत योजनाको लागि पट्रोलियम पदार्थमा सरकारले प्रति लिटर पाँच रुपैयाका दरले लिई रहेको कर रकम लाई आ. ब. २०७३-०७४ को ११ महिनामा नै सरकारले लक्षित गरेको भन्दा निकै बढी रकम संकलन गरि सकेकोले पट्रोलियम पदार्थमा सरकारले लिई रहेको कर रकमलाई पुनरविचार गरि आम पेट्रोलियम पदार्थको उपभोक्तालाई राहत प्रदान गर्न समेत नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार