https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

मनोनयनपत्र दर्तासँगै चुनावी माहोल तात्यो, मंगलबार अन्तिम नामावली प्रकाशन

काठमाडौं, ५ असार  -निर्वाचन आयोगले असार १४ गते हुने स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गरेसँगै चुनावी माहोल तातिएको छ । मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् । आयोगले असार १४ गते निर्वाचन हुने ३ सय ३४ स्थानीय तहमा आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज(सोमबार) दाबी विरोध गर्ने कार्यक्रम राखेको छ ।

आयोगले दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तय गरेको छ । यसबीचमा उम्मेदवारको योग्यतामाथि प्रश्न चिह्न खडा भए दाबीविरोध गर्न सकिने आयोगले जनाएको छ ।

यसैगरी आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारले भोली(मंगलबार) बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र भोली नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ । आयोगले भोली नै उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत वितरण गर्ने भएको छ ।

यसअघि असार १४ गते हुने प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

तीन वटा प्रदेशमा पर्ने एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिका र २ सय १५ वटा गाउँपालिकाका लागि हिजो मनोनयन दर्ता गरिएको हो । यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार