https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

निर्वाचन आयोगले विशेष अनुगमन टोली परिचालन गर्ने

काठमाडौं, ५ असार – निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले सोमबार हामीसँग कुरा गर्दै निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता उल्लंघन हुन नदिइने बताए ।

उम्मेदवारको मनोनयन विवरण जिल्लाहरुबाट आउनेक्रम जारी रहेको र केही जिल्लाहरुमा सम्पर्कमाध्यममा समस्या आएकाले तथ्यांक आउन ढिलाइ भइरहेकोसमेत सचिव मैनालीले बताए ।

आयोगले दोस्रो चरणको निर्वाचनमा अझ उत्साह बढेको भन्दै दलहरुलाई संयमित भएर प्रस्तुत् हुन आग्रहसमेत गरेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार