चुनावी प्रचारमा प्रयोग भएको जीप दुर्घटना, एक जनाको मृत्यु

अर्घाखाँची, ६ असार – नेपाली काँग्रेसले चुनावी प्रचार प्रसारमा प्रगोग गरेको जीप अर्घाखाँचीको पाणिनी गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

नेपाली कांग्रेसको प्रचार प्रसार कार्यक्रममा हिडिरहेका बखत लु १ज १९५८ को जीप पाणिनि गाउँ पालिका वार्ड नम्बर ५ अमजा मा साझ ६:३०बजे दुर्घटना हुदा नेपाली कांग्रेसका कृयासिल सदस्य २६बर्सिय युवा अर्जुन घिमिरेको उपचारका क्रममा पाल्पा मिसन अस्पतालमा निधन भएको छ।

 

घाइते  उखिमानन्द बेल्बासे, तारा पान्डेय, शेस्कान्त गैरे, हुम लाल घिमिरे, यमलाल गैरे, माधब घिमिरे, बिनोद घिमिरे, सुरज घिमिरे र लिलापती घिमिरेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

 

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार