काठमाडौं , ६ असार –हरेक महिना रगत बढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी एड्स संक्रमण देखिएको छ ।
‘चढाइएको रगतबाट ती युवालाई एचआईभीरएड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन । उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदैं आएको छ ।’
रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो । – कान्तिपुर दैनिक