अर्घाखांचीका कांग्रेसका घाईते कार्यकर्ता काठमाण्डौ रिफर

अर्घाखाँची, ८ असार – नेपाली काँग्रेसले चुनावी प्रचार प्रसारमा प्रगोग गरेको जीप  गत मंगलबार  अर्घाखाँचीको पाणिनी गाउँपालिकामा दुर्घटना हुँदा  घाईते भइ मिसन अस्पतालमा उपचारमा रहेका  कार्यकतालाइ नेपाल  चिकित्सक संघका अध्यक्ष मुत्त्तिराम श्रेष्ठ, बिर अस्पतालका वरिष्ठ न्युरो सर्जन राजेन्द्र श्रेष्ठ, सुरज टण्डन अमृत कुमार पन्थी लगायतको टोलीले घाईतेलाई  बिहिबार भेटी स्वास्थ्य स्थिति बारे जानकारी लिएका  थिए।

सोही  टोलीको पहलमा घाईते रहेका खिमानन्द बेल्बासे हेलिकप्टर बाट काठमाण्डौ स्थित बिर अस्पतालको ट्रमा सेन्टरमा  लगेर उपचार सुरु गरिएको टोलीका सदस्य सुरज टण्डनले जानकारी दिए ।

नेपाली कांग्रेसको प्रचार प्रसार कार्यक्रममा हिडिरहेका बखत लु १ज १९५८ को जीप पाणिनि गाउँ पालिका वार्ड नम्बर ५ अमजा मा साझ ६:३०बजे दुर्घटना हुदा नेपाली कांग्रेसका कृयासिल सदस्य २६ बर्सिय युवा अर्जुन घिमिरेको उपचारका क्रममा पाल्पा मिसन अस्पतालमा निधन भएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार