दोस्रो चरणको स्थानीय तह निर्वाचन : यस्तो छ तथ्याङ्क

काठमाडौं, १२ असार

काठमाडौं– असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।

 

प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते निर्वाचन हुन लागेको हो  ।

 

दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुने छ भने निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन् ।

असार १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् ।

 

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले व्यवस्था गरेअनुसार स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको आयोगले जनाएको छ ।

दलका तर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलहरूले उत्साहपूर्वक लिएको आयोगले जनाएको छ ।

वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । महिला, दलित, अल्पङ्ख्यकलगायतले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था समेत गरिएको थियो ।

तथ्याङ्कमा हेर्नुस्
प्रदेश संख्या –  ३ (१,५ र ७)
जिल्ला– ३५
स्थानीय तह– ३३४
मतदाता–६४ लाख ३२ हजार ७ सय ६५
महानगरपालिका –१
उपमहानगरपालिका –७
नगरपालिका –१११
गाउँपालिका– २१५
मतदान केन्द्र –८,३६४
मतदानस्थल–४,५८१
उम्मेदवार संख्या –६६,०००
निर्वाचित हुने प्रतिनिधि –१५०३८ जना
मतदान हुने मिति – १४ असार २०७४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार