अब सार्वजनिक सवारीमा एनटीसीको ‘फ्रि वाईफाई’ सुविधा

काठमाडौं, १३ असार (तपाइँ सार्वजनिक बसको लामो यात्रामा हुनुहुन्छ तर इन्टरनेट सेवा नपाउँदा खल्लो महसूस गरिरहनुभएको छ भने अब चिन्ता नलिनुुुस् तपाइँको यो समस्या नेपाल टेलिकमले समाधान गरिदिएको छ ।

नेपाल टेलिकमले सोमवारदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सुरु गरेसँगै सार्वजनिक सवारीमा यात्रा गर्ने उपभोक्ताले बसभित्रै निःशूल्क इन्टरनेट सुविधा पाउने भएका हुन् ।

साइबरनेटिक्सको सहकार्यमा नेपाल टेलिकमले सोमवारदेखि यस्तो सुविधा ल्याएको छ ।

बसमा यात्रा गर्ने यात्रुहरुसमक्ष पनि इन्टरनेटको पहुँच विस्तार गर्ने उद्देश्यले यस्तो सुविधा ल्याइएको टेलिकमले जनाएको छ ।

टेलिकम र साइबरनेटीक्स प्रालिबीच केही दिनअघि उक्त एनटी बस इन्टरनेट सञ्चालनमा ल्याउने सम्बन्धमा सम्झौता भएको थियो ।

एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीको कर्पोरेट तथा व्यावसायीक रणनीति विभागकी प्रबन्धक प्रतिभा वैद्यले यो योजनाले लामो तथा छोटो दुरीका बस यात्रुहरुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडिओ लगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताईन् ।

एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार