मलामीबाट फर्किंदा ट्रेनसँग सेल्फी खिच्ने क्रममा भारतमा दुई नेपाली युवाको मृत्यु

१३ असार – मलामी गएका दुई नेपाली युवकको भारतमा ट्रेनमा किचिएर मृत्यु भएको छ । सोमबार दिउँसो भारतको उत्तर प्रदेशको कुशीनगर जिल्लाको खड्डमा ट्रेन सहितको फोटो सेल्फी लिने क्रममा उनीहरु किचिएका हुन् ।

मृत्यु हुनेमा नवलपरासीको सुस्ता ५ बेलवानी बस्ने २७ वर्षीय शिवेन्द्र कुर्मी र सोही ठाउँ निवासी अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले जनाएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिका ५ उनीहरु भारतकोे खुशीनगर स्थित पन्हिवाँमा आफन्त फुफुको मृत्युपछि मलामी गएका थिए । मलामी पश्चात घरफर्किने क्रममा खड्डातर्फ आईरहेको तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा उनीहरु ट्रेनको हावाले पांग्रामुनि पुरिएका हुन् ।

ट्रेनमुनि परेपछि उनीहरुको काटिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलटारीले जनाएको छ ।

उनीहरुको शव अझै नेपाल ल्याइएको छैन । नेपालीको मृत्युको खबरले गाउँवासीनै शोकमा डुबेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार