गुल्मी, असार १३ – गुल्मीमा चट्याङ्ग लागेर २ जनाको मृत्यु भएको छ । वर्षा सगै परेको चट्याङ्ग लागेर धुर्कोट गाउँपालिका वडा नं. ६ स्थित ११ वर्षिय कमल थापाको मृत्यु भएको छ ।
चट्याङ्गबाट जिल्लाको मालिका गाउँपालिका वडा नं. ५ स्थित २७ वर्षिय प्रदिप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।
चट्याङ्ग लागेर एक जना घाइते भएका छन् । मालिका गाउँपालिका वडा नं. ५ निवासी २० वर्षिय बिना भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते भण्डारीको थप उपचारको लागी पाल्पा पठाइएको छ । मृत्यु हुने २ जनालाई घरमै बसेको बेला चट्याङ्ग लागेको थियो ।