बजारमा आयो नक्कली अण्डाः यसरी चिन्नुहोस् सक्कली र नक्कली

केही अगाडि बजारमा नक्कली चामल आएको चर्चाले उपभोक्तालाई हैरान बनायो । यस्तै नक्कली लसुनको पनि चर्चा चल्यो । र उपभोक्तालाई हैरान बनाउने अर्को नक्कली खाद्य पदार्थ बजारमा आएको छ । त्यो हो अण्डा ।

खासगरेर चीनबाट नक्कली अण्डाको आयात चीनबाट भइरहेको बताइन्छ । भारतीय बजारमा त नक्कली अण्डाले उपभोक्तामाझ आतंक नै मच्चाएको छ । भारतपछि अब नेपाली बजारमा नक्कली अण्डा आउन सक्ने आशंका गरिएको छ ।

नक्कली अण्डाहरु प्राय सक्कली अण्डाजस्तै हुन्छन् । सामान्यतया मानिसहरुलाई नक्कली र सक्कली अण्डामा कुनै फरक देख्न सक्दैनन् । तर नक्कली र सक्कली अण्डाबीच पनि फरक हुन्छ । यो आलेखमा नक्कली र सक्कली अण्डाबीच हुने फरक उल्लेख गरिएको छ । जसलाई ध्यान दिइयो भने हरेक उपभोक्ता नक्कली अण्डा उपभोग गर्नबाट बच्न सक्छन् ।

१) नक्कली अण्डालाई चिन्ने एक सजिलो तरिका हो उसमा हुने चमक । यदि तपाईले अण्डाको छिल्का निकाल्नुभयो र त्यो अण्डा बढी चम्किलो लाग्यो भने ठान्नुहोस् त्यो अण्डा नक्कली हो । किनकी सक्कली अण्डा धेरै चम्किलो हुँदैन ।

२) आफ्नो औंलाले अण्डालाई छुनुहोस् । यदी अण्डाको उपल्लो (माथिल्लो) भाग स्मुथ र समथल छ भने यो सक्कली अण्डा हो । नकली अण्डाको उपल्लो भाग खस्रो हुन्छ ।

३) हल्लाएर पनि हेर्नुहोस् । यदि तपाईले हल्लाएर हेर्नुभो भने सक्कली अण्डाको भित्र कुनै आवाज आउँदैन । जबकि नक्कली अण्डालाई हल्लाउँदा त्यसभित्रबाट आवाज सुनिन्छ ।

४) यदि अण्डालाई फुटाएर हेर्नुभो भने नक्कली अण्डामा पहेंलो भाग पनि सँगै मिसिएको हुन्छ । जबकि सक्कली अण्डामा पहेंलो भाग छुट्टै हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार