सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

विराटनगर, असार १४ – आज हुने चुनावका लागि नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनावलाई मध्यनजर गर्दै नेपाल भारतको सीमा नाका बन्द गरेसँगै दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा सुरक्षा गस्ती सुरु गरेका छन् ।

चुनावको सुरक्षाका लागि मोरङको ६३ किलोमिटर सीमा क्षेत्रको दशगजामा नेपाल–भारतका सुरक्षाकर्मीले दुवैक्षेत्रबाट संयुक्त रुपमा गस्ती गरेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

नेपालतर्फको दशगजा क्षेत्रमा नेपाल प्रहरी र भारततर्फको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा वल ९एसएसबी० ले गस्ती गर्ने गरेको र केही समस्या आएमा दुवै देशका प्रहरी एकठाउमा भेला भई सुरक्षा समन्वय गर्ने गरेको प्रहरी प्रमुख भण्डारीले बताउनुभयो । त्यसका लागि नेपाल तर्फबाट नेपाल र सशत्र प्रहरी गरी एकसय भन्दा बढी सुरक्षाकर्मी र त्यति नै संख्यामा भारतीय प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार