असार १४ – जर्मनी र स्पेन २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको फाइनलमा आ–आफ्नो खेल जित्दै जर्मनी र स्पेनले उपाधि यात्रा तय गरेका हुन् । जर्मनीले इंग्ल्याण्डलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको समयमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा नाथन रेडमण्डको पेनाल्टी प्रहार जमर्नीका गोलरक्षक जुलिएन पोलेर्बेकले बचाएपछि इंग्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।
अर्को साउल निगुएजको ह्याट्रिकको मद्दतमा इटालीलाई ३–१ ले हराउँदै स्पेनले जर्मनीसँगको फाइनल भेट पक्का ग¥यो । फाइनल खेल शुक्रबार पोल्याण्डको क्राकोवमा हुनेछ ।