१०५ वर्षकी कलशीद्वारा मतदान

दार्चुला, असार १४ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ को भूमिराज आधारभूत विद्यालय तौकि मतदान केन्द्रमा १ सय ५ वर्षकी वृद्धाले मतदान गरेसँगै मतदान सुरु भएको छ । १ सय ५ वर्षकी कलशी भट्टले मतदान गरेर मतदान प्रकृया सुरु गर्नुभएको हो । त्यस्तै महाकाली नगरपालिका–९ को गडिभवन मावि थाप्लामा ८५ वर्षकी टीकादेवी सामन्तले मतदान गरेसँगै मतदान प्रकृया सुरु भएको छ । महाकाली नगरपालिकाकै वडा नम्बर ४ को महेन्द्र मावि खलंगामा अपांगता भएका प्रमोद सिंह कुवँरले मतदान गर्दै मतदान प्रकृया सुरु गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार