निर्वाचन आयोगले भन्यो– २५ प्रतिशत मत खस्यो

१४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार ८३६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा वर्षात्को कारणले मतदान सुरु हुन केही ढिलाई भएको छ । बाँकी सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । आयोगले भनेको छ, ‘वर्षात्का बावजुद मतदाताहरु बडो उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पंक्तिबद्ध भइरहनुभएको जानकारी प्राप्त भएको छ ।’

विहान ७ बजेबाट मतदान सुरु भएको हो । बिहान १० बजेसम्म करिव २५ प्र्रतिशत मत खरेको प्रारम्भिक जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदान कार्य अपरान्ह पाँच वजेसम्म जारी रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार