स्थानीय चुनावमा कलाकार, कसले कहाँबाट भोट हाल्दैछन्?

काठमाडौं, १४ असार – दोस्रो चरणको स्थानीय तहको निर्वाचनले यतिबेला सबै नेपाली उत्साहित भएका छन् । प्रदेश नम्बर एक, पाँच र सातमा भइरहेको चुनावले कलाकारलाई पनि बाक्लै छोएको छ । कतिपय कलाकार स्थानीय तहको निर्वाचनमा आफ्नै क्षेत्रबाट समेत उठेका छन् । चुनावको सरगर्मीसँगै यतिबेला चुनावले सबैले छोएको छ ।

कोमल वली
लोकगायिका कोमल ओलीले रेडियो नेपालको जागिर छोडेर राजनीतिमा लागेकी थिइन् । यतिबेला दाङ पुगेकी ओली बिहान आठ बजे नै भोट हाल्न लाइनमा पुगिसकेकी छिन् । उनले दाङको तुल्सीपुर उप–महानगरपालिका, वडा ८ मा स्थित कृष्ण मन्दिर मनदान केन्द्रबाट मतदान गर्दैछिन् ।

राधिका हमाल
रोल्पाको त्रिवेशी गाउँपालिकामा कांग्रेस तर्फबाट उप–प्रमुखमा उम्मेदवारी दिएकी राधिका हमाल लामो समयदेखि नै चुनावी प्रचारमा व्यस्त छिन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उनले भोट त हाल्नेछिन् । साथै उनलाई मत परिणामको पनि व्यग्र प्रतीक्षा रहनेछ ।

बैकुण्ठ महत
लोकगायक बैकुण्ठ महत भोट हाल्नका लागि गुल्मी पुगेका छन् । आज उनले गुल्मीको इश्मा गाउँपालिकाबाट भोट हाल्दैछन् । बिहानैदेखि लागेको लामो लाइन लागेर उनले भोट हालेका छन् । चुनावकै लागि भनेर उनी केही दिन अघि गुल्मी पुगेका थिए ।

बद्री पंगेनी
नेकपा एमाले ‘मै पनि एमाले’ गीत गाएर चर्चामा आएका गायक बद्री पंगेनी स्थानीय तहको निर्वाचनमा पाल्पाबाट भोट हाल्दैछन् । रापपुर नगरपालिकाबाट भोट हाल्न लागेका उनी चुनावका लागि पहिले नै घर पुगिसकेका छन् ।

निश्चल बस्नेत

निर्देशक निश्चल बस्नेत झापाको भएपनि उनले काठमाडौंबाट नै भोट हालिसकेका छन् । आफ्नो परिवारले झापाबाट भोट हाल्न पाएपनि उनले उनको मतदाता नामावली काठमाडौंकै छ । यसपटकको चुनाबमा भने निश्चलका बुबाआमाले समेत भोट हाल्न पाएनन् । आमा बिरामी भएर भारतमा उपचार गराउँदै गरेकाले भोट हाल्न नपाएको निश्चलले बताए ।

कृष्ण धराबसी
वरिष्ठ साहित्यकार कृष्ण धरावासीले बीस वर्षपछिको चुनाव भोट हाल्न पाएनन् । पहिले भोट हाल्ने मनशायले झापा पुगेका धरावासीले चुनाव सरेपछि भोट हाल्न नपाएको बताए । एकैसाथ दुई कृति बजारमा ल्याएको र त्यसको प्रचारमा व्यस्त भएकाले आफू चुनावमा सहभागी हुन नपाएको बताए । पाँचथरमा जन्मिए पनि उनले झापाको अर्जुनधारा नगरपालिकामा उनको मतदाता नामावली छ ।

तीन चरणमा भइरहेको स्थानीय तहको निवार्चनमा काठमाडौंकेन्द्रित धेरै कलाकारले भने पहिलो चरणमा नै भोट हालिसकेका छन् । रेखा थापा, मदनकृष्ण श्रेष्ठ, आस्था राउत, हरिवंश आचार्य लगायतले काठमाडौंबाट भोट हालिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार