काठमाडौँ । भारतीय कमेडियन कपिल शर्मालाई ‘द कपिल शर्मा शो’ सम्हाल्न निकै कठिन भईरहेको छ । सुनिल ग्रोवरसहित केही कलाकारहरु शो छाडेपछि सोनी च्यानलबाट प्रसारण हुँदै आएको द कपिल शर्मा शो को टिआरपी ह्वात्तै घटेको छ ।
टिआरपी घटेपछि सोनी च्यानलले कपिलको तलब समेत आधा गर्ने चेतावनी दिएको थियो । टिआरपी बढाउन निकै कसरत गरेका कपिललाई सम्हाल्न अब चर्चित कमेडियन भारती सिंह शोको हिस्सा बन्ने भएकी छिन् ।
उसो त कपिलको शोमा चन्दुको भुमिका देखिएका चन्दन प्रभाकर पनि केही समयको अन्तराल पछि शो मा फर्किएका छन् । भारतीले कपिललाई साथ दिएपनि उनीमाथि अर्को चुनौती पनि थपिने भएको छ ।
सोनी च्यानलमै कमेडियन कृष्णाको नयाँ कमेडी शो पनि प्रसारण हुने भएको छ । यो सँगै टिआरपी जोगाउन कपिललाई कठिन नै हुने अड्कलबाजी पनि गरिएको छ ।