दोस्रो चरणको निर्वाचनमा करिव ७१ प्रतिशत मतदान

काठमाडौं १४ असार– बुधवार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले ७० दशमलव ५ प्रतिशत मत खसेको जानकारी दिए । पहिलो चरणको निर्वाचनमा ७२ प्रतिशत मत खसेको थियो ।

मतपेटिका संकलनको काम भइरहेको र राजनीतिक दलहरुसंग समन्वय गरी आजैदेखि मतगणना सुरु हुने यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार