https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

यी हुन् फाल्दा फाल्दैको बम समाउने प्रहरी हिरो,

दाङ, असार स्थानीय तहको निर्वाचन प्रभावित गर्ने गरी मतदान केन्द्रमा सर्वसाधारणमाथि प्रहार गरिएको बम बुधबार एक प्रहरी हवलदारले भुइँमा खस्न नदिएर समाते ।

प्रहरी हवल्दार दुर्गा बहादुर रानाले बम भुइँमा खस्न नदिएर च्याप्प समातेर बाहिर फालिदिए । दाङ तुल्सीपुरको अम्बास मतदान केन्द्रमा खटिएका प्रहरी हवल्दार रानाले आफ्नो बहादुरी यसरी देखाए ।
बम विस्फोट हुनबाट रोकेर सर्वसाधारणको जीवनसमेत बचाएपछि वाहवाही कमाउँदै सामाजिक सञ्जालमा चर्चामा छन् ।

चुनाव प्रभावित पार्ने गरी बाहिरबाट बुथमा अज्ञात समूहले फालेको बम रानाले भुइँमा खस्न नदिइ समातेर बाहिर हुत्ताइदिएपछि बुथ भन्दा टाढा बम विस्फोट भएको थियो ।

जसले कुनै पनि मानवीय क्षति हुन पाएन ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार