सीमा क्षेत्रबाट पछि हट्न भारतीय सेनालाई चीनको चेतावनी

वेइजिङ / एजेन्सी– चीन र भारतबीचको सीमा विवाद फेरि एकपटक सतहमा आएको छ । चीनले सिक्किम र तिब्बतको नाथुला पासमा आफ्नो जमिनमा भारतीय सेनाले घुसपैठ गरेको बताउँदै त्यहाँबाट फिर्ता हुन चेतावनी दिएको छ ।

चिनियाँ अधिकारीहरूले भारतीय सैनिक जवानले चीनको सीमा आफ्ना सामान्य गतिविधिमाथिसमेत बाधा पु¥यााएको आरोप लगाएका छन् । उनीहरूले नाथुला पासबाट आफ्ना सेनालाई तुरुन्त फिर्ता लानसमेत चेतावनी दिएका छन् ।भारतले पनि आफ्नो भूमिमा चिनियाँ सेना घूसपैठ गरेको आरोप लगाउँदै आएको छ ।

तिब्बतको हिन्दू धार्मिक स्थलको यात्राका लागि भारतीयहरूले नाथुला पासको बाटो प्रयोग गर्दै आएका छन् । यस क्षेत्रमा दुई देशहरूबीच १९६७ मा झडप भएको थियो । त्यसयता दुई देशबीच यस क्षेत्रमा पटकपटक विवाद हुँदै आएको छ ।

बीबीसीका दक्षिण एसिया संवाददाता एथिराजन एनबरासनले पछिल्लो घटनाक्रमले पछिल्ला वर्षमा दुई देशबीच बढ्दै गएको विवादलाई थप गम्भीर भएकोबताएका छन् ।अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ अधिकारीहरूले भारतीय सेनाको गतिविधिले यस क्षेत्रको शान्तिमा असर पर्न सक्ने चेतावनी दिएको छ ।

चिनियाँ रक्षा मन्त्रालयले एक सडक निर्माणमा भारतले बाधा खडा गरेको आरोपसमेत लगाएको छ । चीनले सो सडक आफ्नो सीमाभित्र रहेको दाबी गरिरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो साता सीमामा दुई देशका सैनिकबीच तनाव उत्पन्न हुँदा सिक्कमको सीमापार गरी चिनियाँ सेनाले भारतीय सेनाको अस्थायी बंकर नष्ट गरेको आरोप लगाएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार चीनको सेनाले भारतीय सेनालाई सिक्किममा वास्तविक नियन्त्रण रेखामा हिंसा भड्काउने कारबाही गरेर तनाव पैदा गरेको आरोप आरोप लगाएको छ ।

यसैबीच चीनले सीमामा विवाद बढ्दै जाँदा उसले भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवर जान नाथुला पासको बाटो बन्द गरेको छ । उसले यससम्बन्धी जानकारी दिल्लीलाई समेत जानकारी गराएको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता लु काङले आफ्नो अखण्डता रक्षाका लागि कुनै सम्झौता नगरिने बताएका छन् । ‘सुरक्षाका कारण भारतीय श्रद्धालुको प्रवेशमा रोक लगाइएको छ,’ उनले भने, ‘जहाँसम्म भारतीय श्रद्धालुबारे भारतलाई जानकारी गराइएको र हामीले लामो समयदेखि यस विषयमा भारतीय श्रद्धालुलाई सहुलियत दिन कोसिस भएको तर पछिल्लो समय भारतीय सेनाले चीनको सीमा प्रवेश गरेर हाम्रो निर्माण नष्ट गर्ने कोसिस गरेका छन् । सुरक्षाका कारण नाथुला पासमा प्रवेश बन्द गरिएको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार