अब मोवाइललेनै गाडी चलाउन सिकाउने कसरी त जान्नुहोस

काडमाडौं / रास– एनसी सफेट प्रालिले ड्राइभिङ सिक्न चाहनेहरूका लागि मोबाइल एप्लिकेसन विकास गरेको छ । नेपालको सन्दर्भमा तयार गरिएको उक्त मोबाइल एप्लिकेसनमा सवारीको विभिन्न विधा, ट्राफिक संकेत, ऐन नियम, जरिवाना, सवारी सञ्चालन, प्राविधिक जानकारी, दुर्घटना र प्रदूषणसम्बन्धी जानकारीहरू अभ्यास गर्न सकिन्छ । साथै ड्राइभिङ लिखित परीक्षाका लागि अभ्यास गर्न मोटरसाइकल र गाडीका लागि दुई छुट्टाछुट्टै विकल्पसहित परीक्षामा सोध्न सकिने सम्भावित विषयगत र वस्तुगत प्रश्नहरू राखिएको पनि सफ्टवेयर कम्पनीले जनाएको छ ।

ड्राइभिङ साथै यस एप्लिकेसनमा अन्य महŒवपूर्ण जानकारीहरूमा लाइसेन्स लिने तरिका, लाइसेन्स लिने कार्यालयहरू, लाइसेन्स लिने योग्यताबारे पनि जानकारी पाइन्छ ।

आजको आधुनिक युगमा यो एपले ड्राइभिङ सिक्न चाहने आम सर्वसाधारणलाई स्मार्ट तरिकाबाट मद्दत गर्ने र लिखित ड्राइभिङ परीक्षा तयारी गर्न मद्दत गर्ने यस कम्पनीका प्रबन्धक धर्म पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार