यी काम नगर्नुस्, नत्र चाँढै बुढेसकाल लाग्ला !

केही मानिस असाध्यै घुम्छन् । नीतिज्ञानका अनुसार अधिक भ्रमण गर्ने व्यक्ति छिट्टै बुढा हुन्छन् । साधुसन्तहरू वर्षभरि वनपर्वत घुम्थे तर चतुर्मासको अवधिमा कुनै एक स्थानमा बसेर ध्यान लगाउँथे अनि हरिचर्चा गर्थे ।

सृष्टि सञ्चालनका लागि मैथुन आवश्यक क्रिया हो । शास्त्रहरूमा यसलाई गृहस्थ आश्रमको अभिन्न अंग मानिएको छ । तर अत्यधिक मैथुन गर्ने मान्छे समयअघि नै बुढो हुन्छ अनि उसको तागत र सुन्दरता समेत नष्ट हुन्छ ।

वीर्य संरक्षण र ब्रह्मचर्य पालनलाई महत्व दिनुपर्छ । परिश्रमको फल मीठो हुन्छ र मनमुताबिक सफलता पाउनका लागि परिश्रम गर्नुपर्छ । शारीरिक क्षमतालाई ध्यानमा राखेर परिश्रम गर्नू भनी शास्त्रले बताएको छ । यसो नगर्दा तागत र जवानी नष्ट हुन्छ । भगवानलाई खुशी बनाउन धेरै मानिस व्रत र उपवास गर्छन् ।

शास्त्रमा पनि यसलाई महत्व दिइएको छ । तर शरीरले थाम्नसक्ने जत्ति मात्र उपवास गर्नुपर्छ । तन स्वस्थ भए मन स्वस्थ हुन्छ अनि हरिभजन गर्न सकिन्छ । मासु रक्सी जस्ता नशाको सेवन गर्ने मानिस रोगले ग्रस्त भएर समयअगावै वृद्ध हुन पुग्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार