अवार्डको बीचबाट हिँडेका दीपकराज गिरीले भने, अब अवार्डमा भाग लिन्न

काठमाडौं, १५ असार – नेपालमा प्रत्येक अवार्डपछि कुनै न कुनै विवाद भइरहन्छन् । केही हप्ताअघि भएको राष्ट्रिय चलचित्र विकास वोर्डले आयोजना गरेको अवार्ड समारोहमा दीपकराज गिरीको चलचित्र ‘छक्का पञ्जा’ उत्कृष्ट चलचित्र घोषित बन्यो । उक्त कार्यक्रममा बीचमै हल छोडेर मिडिया तताएका दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै अब कुनै पनि अवार्ड समारोहमा भाग नलिने घोषणा गरेका छन् ।

आफ्ना अभिव्यक्तिले अरुलाई चोट पुगेको भए माफी चाहन्छु भन्दै आउँदा दिनमा कुनै पनि अवार्डका लागि भाग नलिने उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

साथै उनले अवार्डभन्दा पनि आफूले राम्रो चलचित्र बनाउने बताउँदै उनले स्टाटस लेखेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार