आज १४ औं धान दिवस , असार १५–दही च्युरा खाने दिन

मुठी खाएर मुरी उब्जाउने महिना  अर्थात असार १५ गतेका दिन आज देशभर १४ औं राष्ट्रिय धान दिवस मनाइदैंछ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ ।

विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालमा विक्रम संवत् २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको विज्ञहरुको भनाई छ ।  नेपालको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो अर्थ राख्छ ।

नेपालको कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन ब्यस्त हुन्छन् । पछिल्लो समय काठमाण्डौं उपत्यका सहित वरपरका स्थानमा पनि असार पन्ध्र धुमधामका साथ मनाउने गरिन्छ । विभिन्न संघ संस्थाले असार पन्ध्रको अवसर पारेर धान रोपाईं र दही चिउरा खाने कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार