प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले सिफारिश

काठमाडौं असार । संवैधानिक परिषद्ले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीवार बसेको परिषद् बैठकले पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले पराजुलीको नाम संसदीय सुनुवाइ समितिमा पठाएको छ । संसदीय सुनुवाइ पछि राष्ट्रपतिले पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् । यसअघि बसेको परिषद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले हतारमा निर्णय गर्न नहुने भन्दै समय मागेका थिए ।

स्रोतका अनुसार बिहीवारको बैठकमा ओलीले नै पराजुलीको नाममा पहिलो समर्थन जनाएका थिए । प्रधानमन्त्री अध्यक्ष रहने संबैधानिक परिषद्मा सभामुख, प्रतिपक्षी दलको नेता र प्रधानमन्त्रीले तोकेको मन्त्री सदस्य रहने व्यवस्था छ ।

पराजुलीले जेठ २४ बाट सर्वोच्चको कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् । पराजुली सर्वोच्चमा धेरै मुद्दा फैसला गर्ने न्यायाधीशको रुपमा परिचित छन् । पराजुलीको जन्ममितिलाई लिएर कतिपयले विबाद झिकेपनि सर्वोच्च अदालतले कुनै विबाद नभएको फैसला गरिसकेको छ ।

पराजुली २०७५ वैशाख १६ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार