लेख-नेपालमा प्लस टु मा विज्ञान नै किन पढ्ने-५ कारणहरु?

संजय लामा

पहिला सुन्दा यस्तो पनि हुन्छ? भन्ने जस्तो लाग्ने भए पनि अनुभवको आधारमा करिव ७ तर्क प्रस्तुत गरिएको छ।

सुन्दा अच्चम सुनिए पनि विडम्बना नेपालको शैक्षिक प्रणाली नै समस्या रहेकोले यस्तो सुन्दा ठिक नलाग्ने तर पछि बुझ्दा र भोग्दा हो रहेछ है भन्ने खालको सल्लाह दिनु पर्ने हुन्छ। मेरो एक नातेदारले A+ मा एसएलसी पास गरे पछि सल्लाह लिने क्रममा म्यानेजमेन्ट पढ्छु भने पछि तर्कको यो पाटो राख्न पनि यो लेख्न लेख मन लाग्यो। जो बिद्यार्थी भविय्यमा म म्यानेजर,ब्यापार नै गर्ने हो भन्ने अहिले नै प्रस्ट बिचार बनाई सकेको छ जसरी पनि त्यही गर्ने हो भने विज्ञान पढ्नुको तुक छैन तर अहिले पढ्दै जाने हो जे राम्रो हुन्छ त्यहि गर्ने हो(धेरैको यस्तै हुन्छ),सके सम्म धेरै अवसर चाहियो, विकल्प राख्ने हो, म पढ्न सक्छु सके सम्म राम्रो गर्ने हो भन्ने हो भने चाही यि कुराहरू उपयोगी हुन सक्दछ। तर पनि यि कुरा सबैमा लागु हुन्छ भन्ने छैन र केही नसोची विज्ञान नै पढ्नु पर्छ भन्ने पनि होईन त्यो ठिक पनि हुदैन तर अनुभवको आधारमा धेरैलाई लागु भएको पाएको छु।
नेपालमा किन पढ्ने त विज्ञान नै? वा किन त्यसो हुन गयो त? केही कारणहरू

१)नेपालको शैक्षिक प्रणाली अन्तर्गत ११-१२ कक्षाले तपाई के बन्न सक्नु हुन्छ सक्नु हुन्न वा पाउनु हुन्छ वा पाउनु हुन्न तय गर्दछ(त्यस्तो बनाइएको छ)।यदि ११-१२ मा तपाइले ब्यवस्थान-मनविकी पढ्नु भयो भने तपाई भविष्यमा मेडिकल(डाक्टर, नर्स आदि), इन्जिनियरिङ (आईटी, मेकनिकल) पढ्न पाउनु हुन्न। त्यसको लागि तपाइले पढेर उत्कृष्ट नै हुन सक्ने भए पनि विज्ञान पास गरेको सर्टिफिकेट नदेखाए सम्म तपाइ योग्य नै मानिनु हुन्न। साथै विज्ञान पढे चाँहि पछि स्नताक र मथ्थिलो तहमा लगभग सबै विषय (व्यवस्थापन , पत्रकारिता, राजनीति समेत) पढ्न योग्य मानिन्छ। यस अर्थमा विज्ञान पढने सँग नेपालमा यहि २ बर्षको आधारमा धेरै विकल्पहरू हुन्छ तर उदाहरणको लागि म्यानेजमेन्ट पढ्ने चाहेर पनि पछि इन्जिनिरिङ,एमबिबिएस लगायत अन्य धेरै कुरा पढ्न पाउदैन(बिशेष गरेर प्राबिधिकहरु।

यो सब नेपालमा निषेध गर्ने शैक्षिक प्रणाली (बनाउनेको भाषामा भन्दा छान्ने) भएकोले हो, यो भए सम्म यस्तै सुन्दा ठीक नलाग्ने सल्लाह दिनु पर्ने स्थिति छ। बिदेशमा भने धेरै देशमा १२ कक्षा सम्म स्कूल शिक्षा नै भएकोले यो समस्या छैन भने कति देशमा जे पढेको भए पनि प्राविधिक शिक्षा वा प्रवेश परीक्षाको आधारमा वा अन्य कुनै छोटो बिज्रिङ कोर्ष गरे पछि जुनै पनि विषय पढ्न पाईन्छ, यसरी निषेध गरिँदैन। ‌प्लस टु मा ब्यवस्थापन पढेर सर्वत्कृष्ट भए पनि नेपाली प्रणालीमा उदाहरणको लागि एमबिबिएस, इन्जिनियरिङ पढ्न पाइदैन फेरी विज्ञान पढ्नु पर्छ।

२)११-१२ मा बिज्ञान पढे पछि अन्य संकाय (म्यानेजमेन्ट, पत्रकारिता, राजनिति) मा जान चाहे पनि त्यति गाह्रो हुदैन (ओहो, पढ्ने मान्छे पनि यता आयो है भनेर स्वागत गरिन्छ, छात्रबृति दिईन्छ) भने स्नातक(ब्याचार) को पठाईको समेत स्कुल पठाई सँग खासै जोड छैन।जस्तै कि ब्याचलरमा एकाउन्टिङ बिषयमा “what is accounting?” भन्ने देखि नै पढाईन्छ भन्नुको अर्थ पहिले ११-१२ मा ब्यावस्थापन पढेकोलाई सुरु गर्न केहि सजिलो हुन्छ तर यो नभई नहुने कुरा होईन। पछि अलि मिहेनत गरे ब्यवस्थापन पढ्नेले भन्दा बिज्ञान पढेर आएकोले स्नातकमा व्यवस्थापन राम्रो गरेको धेरै उदाहरण छन।बिशेष गरेर परिक्षा प्रणालीले त्यस्तै भएकोले कसैलाई फाईदा हुदैन त्यो १ बर्षमा जसले धेरै घोक्न सक्यो,राम्रो गय्यो त्यसैले राम्रो अंक ल्याउछ।

३)सामाजिक प्रतिष्ठाः अर्को विडम्बना हाम्रो समाजमा बिज्ञान पढ्ने चाँहि पढ्ने, म्यानेजमेन्ट पढ्ने कम लगनशील वा राम्रा र मानबिकी पढ्ने अझै कम स्तरको भनेर गुणस्तरको ट्याग लगाउने गरिन्छ वा त्यो मानस्किता रहेको छ। सायद जसले जे भने पनि बिद्यालय ब्यवस्थान,शिक्षक, समाजमा रहेको प्रत्यक्ष-अप्रत्यक्ष यो मानस्थिकता रहेको पाईन्छ। यो परिवर्तन नभए सम्म पनि शायद सामाजिक रूपमा विज्ञान पढ्नेलाई बढी महत्व दिने गरिन्छ।

४) अन्तरराष्ट्रिय मान्यता र अवसरहरू- देशको अवस्थाले गर्दा जसले जे तर्क गरे पनि बिदेशिनु बाध्यता बनेको छ। संसार भरी नै विज्ञानको क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता छ। बिज्ञान प्रविधिमा दक्ष भए पछि वैदेशिक पढाइको लागि छात्रबृतिको अवसर पनि धेरै रहेको छ(अन्य सङकायको तुलनामा) छ भने दक्ष भए काम पाउन समेत तुल्नातमक रुपमा सजिलो छ(जस्तै आईटी मा)। साथै कमाइ पनि अरूको तुलनामा राम्रो हुने गरेको छ। तर यो सबै हुन विज्ञान पढेर मात्र हुदैन त्यसमा राम्रो पनि गर्नु सक्नु पर्छ तर विज्ञानको पढाईले त्यसको सुरुवात भने गर्दछ।

साथै व्यवस्थापन, मानविकीमा पढाइने कुरा कति स्थानिय कुरालाई ध्यान दिएर बनाइएका हुन्छन र पढि अन्तराष्ट्रिय स्तरमा जाँदा कति आउटडेटेट, कति नपुगेको-नमिलेको, अरुले कम आँकिदिने गरेको समस्या पाइन्छ भने बिज्ञानमा त्यो समस्या अलि कम छ। जस्तै कि संसारको कुनै पनि ठाँउमा पढिने उदाहरणको लागि जाभा प्रोग्रामिङ उस्तै नै हुन्छ।

५) नेपालमा समाजले नै व्यवस्थापन र मानविकी पढ्ने भनेको अलि कम पढ्ने विद्यार्थी हुन भन्ने सङ्कुचित सोच राखिदिदाँ मैले विद्यार्थीहरू समेत त्यसैबाट ग्रसित भएर आफ्नो प्रतिभालाई सम्पूर्ण रूपमा प्रयोग नगर्ने, हेल-चेक्राइ गर्ने गरेको र पढ्न सक्ने विद्यार्थीको सहि प्रतिभा बाहिर नआएको, बिग्रेको देखेको छु। त्यसको विपरीत विज्ञान पढ्नेहरु गाह्रो हुन्छ राम्ररी पढ्नु पर्छ है भनेर पढ्दा धेरै राम्रो गरेको देखेको छु। विषय आफैमा सजिलो गाह्रो हुँदैन तर नेपालमा रहेको सोच र प्रणालीले गर्दा यस्तो हुने गरेको छ।

यसले पढ्ने बानीको विकास गर्छ जुन स्नातक सम्म पनि रहन्छ। यो बेला नै विद्यार्थीले भविष्यमा के गर्ने हो तय हुने गरेको पनि पाइन्छ।

यी धेरै कारणहरु नेपालको शिक्षा प्रणालीले जन्माएको कुराहरू छन्। विदेश पनि कति देशमा ठुला कक्षामा विषय छानिन्छ, कतिमा नछानिने भए पनि विकसित देशहरुमा नेपालमा जस्तो प्लस टु को त्यति ठुलो महत्व नहुने गरेको पाइन्छ र त्यसैको आधारमा यो पढ्न पाइने यो पढ्न नपाइने भनेर कम नियम पाइन्छ वा अन्य जे गरे पनि केही वैकल्पिक बाटो हुन गरेको पाइन्छ।

तर यस अर्थमा विज्ञान पढेर सबै आफै भई हाल्छ भने पक्कै होइन, हाम्रो आफ्नै भाषामा भन्दा विज्ञानमा “गफ हान्ने” कुरा थोरै हुन्छ तर्क र तथ्यमा चल्ने हुदाँ मेहेनत अवस्थ गर्ने सकिन्छ।बिषय आफै सजिलो गाह्रो हुदैनन तर यस लेखमा सहि मेहेनत गर्नेलाई र गर्न खोज्ने र सक्नेलाई नेपाली शिक्षा प्रणाली विज्ञान पढ्दा कसरी तुलन्तमक रुपमा अलि फाइदा हुने गरेको छ वा अवसरहरु रहेको छ अनुभवको आधारमा प्रस्तुत गरिएको हो, सबैले विज्ञान पढ्नु पर्छ, अन्य भन्दा विज्ञान राम्रो, अरुलाई चाँहि समस्या छ भन्न खोजिएको कदापी होइन। राम्रो पढ्न सके गरेर देखाउन सके सबैमा उत्तिकै अवसर रहेको छ।

लेखकले अष्ट्रेलियावाट प्रविधिमा स्नाकोत्तर गरेका छन भने स्नाकोत्तर र स्नातकका गोल्ड मेडलिस्ट हुन ।साथै उहाँको विश्वविद्यालय आध्यपनमा लामो अनुभव रहेको छ।-सम्पादक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार