गायक विष्णु बञ्जाडेको नढाटेर भन (भिडियो सहित)

सो त विदेशमा रहने नेपालीहरुले नेपालको गीत संगीत धानिरहेका छन भनेर धेरै सर्जक तथा कलाकारहरुले भन्दै आएका छन । पछिल्लो समय बजारमा आइरहेका गीत हेर्दा पनि त्यस्तै लाग्छ ।
विदेशमा रहने नेपालीहरुलेनै गीत संगीतमा धेरै ठुलो योगदान गर्ने गरेका छन । यसै शिलशिलामा हाल वेलायतमा रहेका सर्जक तथा गायक विष्णु बन्जाडेको नयाँ गीत नढाटेर भन सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमा सबैको मन जित्न सफल पनि भएको छ ।
विष्णु बञ्जाडे र देवी घर्तिको सुमधुर आवाज रहेको सो गीतमा विष्णु बञ्जाडेले शव्द सिर्जना गरेका छन भने विष्णु र सुर्य खड्काले लय सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो बेलायतमै छायाङ्कन गरिएको छ ।
आफ्नो प्रयासलाई स्रोता तथा दर्शकले मन पराइदिनेमा आफु आशावादी रहेको गायक बञ्जाडेले हामीलाई बताउनु भयो ।
वि.आर इन्टरटेन्डमेन्डले बजार व्यवस्थापन गरेको सो गीतको म्युजिक भिडियो निर्देशन जानकी सिंन्जालीको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार