गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौँ, १६ असार।

गुल्मीको गुल्मी दरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अशोककुमार थापा विजयी भएका छन् ।

थापाले ५ हजार ५ सय ७५ मत प्राप्त गर्दै नेकपा एमालेका कृष्ण भुसाललाई आठ सय २५ मतको अन्तरले पराजित गरेका छन् । भुसालले ४ हजार सात सय ५० मत ल्याएका छन् ।

यस्तै, गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकै मिना भण्डारी ५ हजार ६ सय ८ मत ल्याउँदै निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला पुनलाई ८ सय ९० मतको अन्तरले पराजित गरिन् ।

गुल्मी दरबार गाउँपालिकामा १५ हजार ३ सय ६७ मतदाता रहेकोमा ११ हजार ३४ मत खसेको थियो । गुल्मी दरबार गाउँपालिकामा कांग्रेसले ४ र एमालेले ३ वडा जितेको छ । सबै वडा दुवै पार्टीले प्यानल नै जितेका हुन् ।

गुल्मीका १२ स्थानीय तहमध्ये २ नगरपालिका र ९ गाउँपालिकामा मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार