चुनावी अपडेट कस्ले कति जीत हासिल गरे त ?

शनिबार बिहान सम्म कुल ३३४ स्थानीय तहमध्ये ६२ को मतपरिणाम आइसकेको छ।

हालसम्म एमालेले दुई नगरपालिका र २४ गाउँपालिका गरी २६ स्थानीय तहमा जित हासिल गरेको छ। त्यस्तै ७९ स्थानमा उसको अग्रता कायम छ।

एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले हालसम्म ३ नगरपालिका र १९ गाउँपालिका गरी २२ स्थानमा जित्न सफल भएको छ। उसले १०१ स्थानमा अग्रता लिइरहेको छ।

नेकपा माओवादी केन्द्रले हालसम्म नगरपालिकामा जित हासिल गरेको छैन। १२ गाउँपालिका प्रमुखमा जित हासिल गरेको माओवादीले ५३ स्थानमा अग्रता लिइरहेको छ।

नतिजा आएका ६२ मध्ये दुई स्थानमा राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले जितेका छन्। प्यूठानको मल्लरानी गाउँपालिकामा जनमोर्चा र बाँकेको नैरनापुरमा फोरमले जित हासिल गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार