https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

कांग्रेस – एमालेकै टक्कर

काठमाडौं, १७ असार( स्थानीय तहको दोस्रो चरणको निर्वाचन भएका प्रदेश–१, ५ र ७ मा कांग्रेस र एमालेबीच नै टक्कर देखिएको छ, राजधानी दैनिकले खबर छापेको छ । माओवादी केन्द्रले पनि एमाले र कांग्रेसलाई पच्छ्याइरहेको छ ।ःबवयच(उबचतथ(ख्यतभ(ऋयगलत
ठूला राजनीतिक दलबीच अग्रताको होडबाजीका कारण प्रारम्भिक नजितामा अग्रता लिने क्रम पनि छिनछिनमा परिवर्तन भइरहेको छ । निर्वाचन आयोगका अनुसार बुधबार सम्पन्न निर्वाचनको अधिकांश स्थानीय तहको मतगणना सुरु भइसकेको छ । जारी मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी र लोकतान्त्रिक फोरमले विभिन्न स्थानमा अग्रता लिइरहेका छन् । निर्वाचनमा ७३ दशमलव ६९ प्रतिशत मत खसेको थियो ।
बुधबार भएको निर्वाचनबाट गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य निर्वाचित हुनेछन् । दोस्रो चरणअन्तर्गत तीनै प्रदेशका एक महानगर, सात उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि दोस्रो चरणअन्तर्गतको स्थानीय तह निर्वाचन भएको हो ।
निर्वाचनका लागि ६२ हजार ४ सय ८ उम्मेदवारले निर्वाचन प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिएका थिए भने ४१ उम्मेदवार निर्विरोध भइसकेको आयोगले जनाएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार