सुपरडुपर फ्लप भयो सलमानको ‘ट्युबलाइट’

जरंगी भाइजान’ मा ३ सय ३० करोड र ‘सुल्तान’ मा ३ सय करोडको कारोबार गर्ने सलमान खानको फ्रेस रिलिज ‘ट्युबलाइट’ बक्स अफिसमा फ्लप मात्र नभई सुपरडुपर फ्लप फिल्म साबित भयो ।

दर्शकलाई मन परेन सलमानको रोदनः

सलमान खानको इमेज ‘लार्जर द्यान लाफन’ हो । तर ट्युबलाइटमा उनको भूमिकाले एक्सन, डान्स, रोमान्स र कमेडी केही पनि गर्दैन । सलमानको फाइट र फिल्मभरी नै रुनु दर्शकलाई मन परेन । सलमानको कम्पनीबाट फिल्म १ सय ३५ करोडमा एनएच स्टूडियोले खरिद गर्यो । स्टुडियोले यसलाई भिन्न–भिन्न वितरकलाई बेचे । हरेकलाई ५० प्रतिशत नोक्सानी भयो जस्तै, गुजरातको वितरकले यसलाई १६ करोडमा खरिद गरेको थियो, यसलाई ९ करोडको घाटा भयो । बंगालको वितरकले ७.५ करोडमा खरिद गरे र यसलाई ४ करोड घाटा भयो । ट्युबलाइटले पहिलो हप्तामा १ सय २ करोडको कारोबार गरेको छ । लाइफ टाइम कारोबार १ सय २० हुने अनुमान छ । वितरकलाई लाभ हुनका लागि फिल्मको कारोबार २ सय ७० करोड हुनु जरुरी थियो । फिल्मको निर्माण ६० करोडमा भएको थियो ।

प्रयोगात्मक वा परम्परागत भूमिकाभन्दा भिन्न रोलको चक्करमा यस्ता फ्लप फिल्ममा अभिनय गर्ने सलमान एक्ला नायक भने होइनन् । लगभग सबै ठूला स्टारले आफ्नो छवी परिवर्तन गर्नका लागि ठूला फिल्म बनाए र ती बक्स अफिसमा नराम्ररी फ्लप भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार