अर्घाखाँचीको कुन तहमा कसले जित्यो ? फोटा फीचर सहित

सुशील पन्थी

अर्घाखाँची, २० असार  – अर्घाखाँचीका ६  स्थानीय तह मध्ये सबै तहको  मतगणना सम्पन्न भएको छ । मतगणना सकिएका ६ तह मध्ये चार स्थानमा नेपाली कांग्रेस तथा एक स्थानमा एमाले र एक स्थानमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

 मतगणना सम्पन्न भएका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाँउपालिका र छत्रदेव गाँउपालिकामा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ । मालारानी गाउँपालिकामा एमालेले जित हासिल गरेको छ ।
छत्रदेव गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लेखनाथ पोख्रेलले ६ हजार १ सय ६७ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषि अधिकारीले ५ हजार ६५ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा कांग्रेसकै तुलसादेवी श्रेष्ठले ६ हजार एक सय ९० मतका साथ विजयी भइन । श्रेष्ठले एमालेकी मनी पन्थीलाई पराजीत गरिन् । जहा ८ वडा मध्य ६ कांग्रेसले जित हासिल गरेकाे थियाे भने एमालेले २ वटामा जितेकाे थियाे ।
भुमिकास्थान नगरपालिकामा नेकपा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।  सन्धिखर्क नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कमल प्रसाद भुषालले ८३०३ मतका साथ विजयी भएका छन्  । उहाका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले  ७१२७ मत प्राप्त गरेका थिए  । उपमेयरमा नेकपा माओवादीका ठाकुर बिकले    ७१२७ मतका साथ विजयी हुन सफल रहे । उहाका निकटतम  प्रतिद्वन्द्वी एमालेको ईश्वरा पोख्रेलले   ६४०४ मत प्राप्त गरेका थिए ।
शितगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सूर्य अधिकारीले आठ हजार ६ सय ७७ मत लिएर विजयी भए । उहाका प्रतिद्वन्द्वी एमालेका बसन्त श्रेष्ठले ६ हजार ९ सय ९० मत ल्याएका थिए । उपमेयरमा नेकपा माओवादी केन्द्रका टिका रेग्मीले ७ हजार १ सय २८
मत ल्याएर एमालेकि गिता भाटलाइ हराउदै विजयी भएका थिए ।
   छत्रदेव गाउपालिका वडा नम्बर २ वडा अध्यक्षमा बिजय भएपछी  राजेश कुमार  पन्थीलाई सम्मान गर्दै ।
 सन्धिखर्कका मेयर-उपमेयर : -नयाँ दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कमल प्रसाद भुसाल र उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिक
पाणिनी गाँउ पालिकाको अध्यक्षमा कांग्रेसका अच्युत गौतमले पाँच हजार ९ सय ७७ मत लिएर विजयी भए उहाका निकटतम प्रतिद्वन्द्वी जीवनारायण कोइरालाले ५ हजार ४ सय ८५ मत ल्याएका थिए।  उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतम ५ हजार ५ सय ४७ मतका साथ विजयी भइन । उनले कांग्रेसकी अम्विका पोख्रेललाई पराजित गरेकी थिइन ।
  मालारानी गाँउपालिकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्यले ६ हजार पाच सय तीन मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले पाच हजार पाँच सय चार मत पाएका थिए भने  उपाध्यक्षमा एमालेकि प्रमिला क्षेत्री ६हजार पाँच सय २२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी शान्ता खनालले ५ हजार दुई सय १० मत प्राप्त गरिन् ।  भुमिकास्थान नगरपालिकामा नेकपा माओवादी केन्द्रका रेशम थापा ५ हजार तीन सय २० मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले ४५४२ मत पाएका थिए । उपमेयरमा नेपाली कांग्रेसका खडानन्द बेल्बासेले ५ हजार २ सय ३० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बेल्बासेले ४ हजार सात सय एक मत ल्याईन।
 छत्रदेव गाउपालिका वडा नम्बर १का प्रकास पन्थीलाई सम्मान गर्दै ।
 छत्रदेव गाउपालिका अध्यक्ष लेखनाथ पाेख्रेल र उपाध्यक्ष तुलासा देवी श्रेष्ठ बिजय जुलुसमा । 
 ६ स्थानीय तहका ६१ वडा मध्ये २५ वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।  एमालेले समान २४  नेकपा माओवादी केन्द्रले ८ वडा र राष्ट्रिय जनमोर्चाले ४ वडामा जित हाँसिल गरेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार