कास्कीमा कार्यरत चिनियाँको मृत्यु

कास्की , २० असार – कास्कीको मादी गाउँपालिकामा रहेको अपर मादी जलविद्युत आयोजनामा कार्यरत एक चिनियाँ नागरिकको मृत्यु भएको छ । मृत्युको कारण भने खुलेको छैन् ।  सोमबार साँझ खाना खाएर सुतेका ४३८४९६९१ नम्बरको पासपोर्ट भएका ४७ वर्षीय जेङ जाकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको बिहान ८ बजे मृत्यु भएको थियो । आयोजना कोअर्डिनेटर राजकुमार बरालले मृत्युको कारण खुल्न नसकेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार