झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रमेश भुजेल निर्वाचित

झापा, २३ असार – झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार रमेश भुजेल विजयी भएका छन् । भुजेल नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकलाई ६४३ मतले पछाडि पार्दै गाउँपालिका अध्यक्ष बनेका हुन् । भुजेलले ७,९९६ मत ल्याउँदा पाठकले ७,३५३ मत ल्याए ।

उपाध्यक्षमा भने एमालेकी मीरा भुर्तेल विजयी भएकी छिन् । उनले ७,४५७ मत प्राप्त गरिन् । भुर्तेलकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी चन्द्रकला भट्टराईले ६,८०४ मत ल्याइन् ।

माओवादी केन्द्र भने दुवै पदमा तेस्रो भएको छ । निकै कम मत ल्याउने क्रममा माओवादीका अध्यक्षका उम्मेदवार खड्ग तिम्सिनाले २०६६ तथा उपाध्यक्षकी उम्मेदवार अस्मितकला लिम्बूले २,५०८ मत ल्याइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार