सवारी भाडादर बढाउने तयारी, पेट्रोलियम पदार्थको मुल्य भने घटेको घट्यै

काठमडौं, २३ असार – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपछि नेपालमा चालू महिनामा मात्र दुई पटक मुल्य घट्यो ।

तर सार्वजनिक सवारीको भाडादर भने घट्नुपर्नेमा उल्टो बढाउन लागिएको छ । यो हेर्दा सरकारी निकाय र बयवसायीको मिलेमतोमै भाडादर बृद्धि तयारी गरिएको हो ।

नेपाल आयल निगमले असार २ गते पेट्रोल डिजलमा डेढ रुपियाँको दरले घटाएको थियो भने असार १९ गते प्रतिलिटर दुई रुपियाँका दरले घटाएको थियो ।

तर यातायात ब्यवसायीहरु भने सावैजनिक सवारीको भाडादर बृद्धि गर्ने दबावमा जुटेका छन् ।  गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार