भरतपुरको मतगणनासम्बन्धि विवादको सुनुवाई सोमबारसम्मलार्इ सर्‍यो

काठमाडौं, २३ असार – भरतपुर महानगरपालिकाको मतगणना विवाद सम्बन्धि मुद्दाको सुनुवाई फेरि सरेको छ । सो वडामा पुनमतदान नभई पुनः मत गणनाको माग गर्दै भरतपुर(१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटमा न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले शुक्रबार मुद्दाबारे बहस सुरू गरे पनि आजै नसकिने भएकाले सोमबारलाई सार्ने निर्णय गरेको हो।

शुक्रबारको लागि तोकिएको सुनुवाई सोमबार नसकिने भन्दै सोमबारसम्मकोलागि सारिएको अदालतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी समेत रहेकी रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच भारी प्रतिस्पर्धा भईरहेको बेलामा मतपत्र च्यातिएपछि रोकिएको महानगरको मतगणना अदालतको आदेश नआएसम्मको लागि रोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार