कसरी बन्दै छ जिल्ला समन्वय समिति ?

काठमाडौं , २४ असार – दोस्रो चरणको स्थानीय चह निर्वाचन परिणामसँगै दलहरुले जिल्ला समन्वय समिति (जिसस) गठनको गृहकार्य सुरु गरेका छन् । शुक्रबार मात्रै दाङमा एमाले र माओवादी केन्द्रले समन्वय समिति गठनका लागि तालमेलको घोषणा गरेका छन् । दलहरुले एकल वर्चश्व कायम गरेकाबाहेक अन्य जिल्लामा आफूअनुकूल तालमेलको गृहकार्य थालेका हुन् ।

नेपालको संविधानको धारा २२० मा नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा जिसस गठन गरिसक्नुपर्ने प्रावधान छ । गाउँ, नगरका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थासहित त्यस्तो समिति गठन गर्ने व्यवस्था संविधानमा छ ।

एक सभापति, एक उपसभापति, कम्तीमा तीन महिला सदस्य र कम्तीमा एअल्पसंख्यक रहने गरी बढीमा ६ देखि ९ सदस्यसम्मको समन्वय समिति रहने व्यवस्था छ ।

जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणको कामको अनुगमन तथा संघ र प्रदेशअन्तर्गतका सरकारी कार्यालयको अनुगमन गर्नेजस्ता काम समितिले गर्न पाउँछ । – अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार